समाचारशुक्रबार, मंसिर १९, २०७१
दाहाल र चन्दको चरित्र एउटैः गुरुङ
१९ मंसीरमा पाल्पा पुगेका माओवादीका सचिव गुरुङले दाहालको व्यक्तिवादले विश्व कम्युनिष्ट आन्दोलनलाई बर्वाद बनाएको र चन्दको व्यक्तिवादले माओवादीलाई फुटाएर राष्ट्रिय स्वाधिनतालाई थप कमजोर बनाएको बताए ।
उनले कम्युनिष्ट पार्टीभित्र विचारको बहस र दुई लाइन संघर्ष हुनु स्वभाविक भएपनि चन्दले विचारमा बहस पनि नगर्ने र पार्टीको अनुशासन पनि नमान्ने गरेको बताए ।
अहिले सशत्र संघर्ष गर्ने परिस्थिति नरहेकोमा जोड दिदै उनले ‘जनयुद्ध’कै जगमा विद्रोह हुने बताए ।
देव पचभैया, पाल्पा
