थप समाचारशुक्रबार, मंसिर १९, २०७१
नेपाली सुन्तला भारतमा प्रदर्शन(तस्वीरसहित)
एक्ट रुलर टुरिज्म बजार कोलकाताको आयोजनामा शुरु महोत्सवमा भारत, नेपाल तथा भूटानका पहाडी जिल्लामा उत्पादित सुन्तलाका एक दर्जन स्टल राखिएको छ ।
तीन दिनसम्म चल्ने महोत्सवको भारतका लागि नेपाली महावाणिाज्य दूत चन्द्रकुमार घिमिरे, भूटानका महावाणिज्य दूत कर्मा नाम्ग्याल एवम् बौद्ध लामा गुरु बोधीपालाले संयुक्त रुपमा उदघाटन गरेका थिए ।
ग्रामीण पहाडी पर्यटनको विकासलगायत पहाडसँग तराईको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले पहिलो पटक यस्तो महोत्सव आयोजना गरिएको आयोजक संस्थाका राज बोसुले जानकारी दिए ।
कृष्णा सिञ्जाजली, कोलकाता




