समाचारशनिबार, मंसिर २०, २०७१

स्थानीय निर्वाचनका लागि संविधान कुर्नु पर्दैन: नेता नेपाल

हिमालखबर

madhav_nepalकाठमाडौंमा आयोजित ‘स्थानीय स्वायत्त शासन’ विषयको भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री एवम एमाले नेता माधवकुमार नेपालले स्थानीय निकाय निर्वाचनको घोषणाका लागि संविधान कुरेर बस्न नहुने बताएका छन् ।

उनले भने, “८ माघमा संविधान जारी भए पनि, नभए पनि चैतभित्रै स्थानीय निर्वाचनको घोषणा हुनुपर्छ, १७ वर्षदेखि स्थानीय निकायको निर्वाचन नभएकाले अन्तरिम कालका लागि भए पनि निर्वाचन हुनु जरुरी छ ।”

स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा ब्यापक भ्रष्टाचार भइरहेको भन्दै नेता नेपालले भ्रष्टाचार रोक्नका लागि छोटो अवधिकै लागि भए पनि निर्वाचन नगरी नहुने बताए ।

“राज्य पुनर्संरचना नहुँदासम्मका अवधिका लागि भए पनि स्थानीयत तहमा जनप्रतिनिधिको निर्वाचन हुनु पर्छ,” उनले भने ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>