थप समाचारशनिबार, मंसिर २०, २०७१

स्कुटीको ठक्करबाट ४ रेडियोकर्मी महिला घाइते

हिमालखबर

लहानबाट प्रशारण हुने रेडियो समग्र १०७ मेगाहर्जमा कार्यरत ४ जना महिला स्कुटरको ठक्करबाट घाइते भएका छन् । स्थानीय बिहेभोजमा जान लागेका भोजपुरकी अशोदा ढकाल, धनगढी–५ की पार्वती पाण्डे, गाईघाटकी निशा दनुवार र धनगढीकी वर्षा राई १९ मंसीर राति स्कुटरको ठक्करबाट घाइते भएका हुन् ।

स्थानीय रौनियार सेवा सदनबाट विशाल होटलतर्फ जाँदै गर्दा स४प १८७० नम्बरको स्कुटीले पछाडिबाट ठक्कर दिएर उनीहरुलाई घाइते बनाएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिए ।

मदिरा सेवन गरेका स्कुटर चालक युवाले युवतीहरुलाई जानाजान ठोकेको प्रत्यक्षदर्शी वैजनाथ यादवले बताए ।

घाईतेमध्ये अशोदा, पार्वती र निशाको टाउको र ढाडमा गम्भीर चोट लागेको छ । उनीहरुलाई उपचारका लागि विराटनगरस्थित न्युरो हस्पिटल लगिएको रेडियो समग्रका अध्यक्ष सुनिल साहले जानकारी दिए ।

ठक्कर दिने स्कुटी इलाका प्रहरी कार्यालय लहानले नियन्त्रणमा लिएको छ भने स्कुटी चलाउने युवा फरार छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>