समाचारशनिबार, मंसिर २०, २०७१
उधौली मनाइदै
किरात राई, लिम्वु, याख्खा र सुनुवार समुदायमा यो पर्व मनाइने छ । अन्नबाली भित्र्याएपछि प्रकृति र पितृलाई खुशी पार्न यो पर्व मनाइने गरिन्छ ।
चार वटै समुदायमा भिन्न नाँच नाचेर खुशीयाली मनाइन्छ । पूर्वी नेपालमा बहुल रहेका किरात समुदायमा झण्डै महीनादिनसम्म यो पर्व मनाइने गरेको छ ।
