समाचारबिहीबार, आश्विन २५, २०६९
दाहाल इमान्दार भएमात्र सहमति: माधव नेपाल
प्रेस चौतारी खोटाङले दिक्तेलमा २५ असोजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले एमाओवादी अध्यक्ष दाहाल सहमतिका लागि इमान्दार नभएको भन्दै नेकपा एमाले आउने वैशाखमै निर्वाचन होस् भन्ने पक्षमा रहे पनि एमाओवादी बाधक भइरहेको बताए ।
संसद् पुन:स्थापनाको सम्बन्धमा नेता नेपालले भने, “निकास ननिस्किने संविधानसभा देशको बजेट सक्नलाई मात्र पुनःस्थापना गर्ने हो ?”
एमाले खोटाङको नवनिर्मित पार्टी कार्यालय भवन उद्घाटनका लागि दिक्तेल आएका नेता नेपालले पार्टी परित्याग गरेका उपाध्यक्ष अशोक राईलगायतका नेताहरु एमालेमै पुनः फर्कने बताए । उनले दावी गरे,“२०५४ सालमा पार्टी छोडे पनि पुनः फर्किएका राई घुमिफिरी एमालेमै फर्कनु हुन्छ ।”
नेता नेपालले सबै समुदायलाई समेट्ने पार्टी एमाले भएकाले राईलाई फर्कन आग्रह पनि गरेका थिए ।
