समाचारशनिबार, मंसिर २०, २०७१

अलकायदाका शीर्ष कमान्डरको पाकिस्तानमा मृत्यु

हिमालखबर

shukrijumahपाकिस्तानको सेनाका अनुसार उत्तरपश्चिम पाकिस्तानको अफगान सीमा नजिक दक्षिणी वजिरिस्तानमा गरिएको सैन्य कार्वाहीमा अल कायदा कमान्डर अदनान अल शुक्रिजुमासहित दुई अन्य चरमपन्थीको मृत्यु भएको छ ।

कार्वाहीका क्रममा एक सैनिकको पनि मृत्यु भएको त्यहाँको सेनाले जनाएको छ ।

अमेरिकी अनुसन्धान एजेन्सी एफबीआइका अनुसार शुक्रिजुमा अल कायदाको विश्व अभियानका मुख्य व्यक्ति थिए । यसअघि सेप्टेम्बर २०११ मा अमेरिकामा भएको आक्रमणका ‘मास्टर माइन्ड’ भनिएका खालिद शेख उक्त पदमा थिए ।

साउदी अरबमा जन्मिएका शुक्रिजुमा धेरै वर्ष अमेरिकामा बसेका थिए । पनामा, नर्वे र बेलायतमा भएका आक्रमणका घटनामा पनि उनी संलग्न रहेको अनुमान गरिएको थियो ।

उनीमाथि अमेरिकामा सन् २००९ मा भएको ‘सब वे’ आक्रमणको योजनाकार पनि रहेको आरोप छ ।

एजेन्सी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>