समाचारआइतबार, मंसिर २१, २०७१

अलकायदाका सहयोगी आरोपमा २० पक्राउ

हिमालखबर

आतंकवादी संगठन ‘अलकायदा’ सँग सम्बद्ध व्यक्तिले धर्मको आवरणमा नेपालमा बसेर आतंकवादी आक्रमणको योजना बनाइरहेको सूचनाका आधारमा सुरक्षा निकायले उपत्यकाबाट विदेशीसहित २० जनालाई पक्राउ गरेको छ।

प्रहरीको विशेष अप्रेसनमा पक्राउ पर्नेमा १२ भारतीय, ५ पाकिस्तानी र २ नेपाली छन्।

आतंकवाद र अन्तरदेशीय अपराध हेर्ने प्रहरीको विशेष ब्युरो र महानगरीय प्रहरी अपराध महाशाखाले शुक्रबार दिउँसोबाट राति अबेरसम्म विशेष अप्रेसन सञ्चालन गरी काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो।

विश्वस्तस्रोतका अनुसार उनीहरु ‘कल्की अवतार फाउन्डेसन’ संस्थाको आडमा नेपाल बसेर योजना बनाइरहेको सूचना प्रहरीमा पुगेको थियो।

महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख एआइजी विज्ञानराज शर्माले आपराधिक गतिविधिको योजना बुनिरहेको सूचनाका आधारमा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको पुष्टि गरे।

“आपराधिक गतिविधि गराउन सक्ने सूचनाका आधारमा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको हो,” शर्माले भने, “केही अनुसन्धानपछि मुक्त भइसके, केही अनुसन्धान क्रममा प्रहरी हिरासतमै छन्।”

जानकारस्रोतका अनुसार ३ दिनअघि आतंकवादी संगठन अलकायदासँग सम्बन्धित व्यक्तिहरु धर्मको आवरणमा नेपाल बसेर आतंकवादी आक्रमण योजना बनाइरहेको सूचना प्रहरीले पाएको थियो।

नागरिक दैनिकबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>