समाचारआइतबार, मंसिर २१, २०७१

जनताको स्वास्थ्यमाथि खेलबाड नगरः मन्त्री अधिकारी

हिमालखबर

स्वास्थ्य तथा जनसंख्या मन्त्री अधिकारीले राज्यको सुविधान लिने चिकित्सकले जनताको स्वास्थ्य अधिकारमाथि खेलबाड गर्न नहुने बताएका हुन् । नेपाल युवा संस्था सञ्जालले २१ मंसीरमा गरेको कार्यक्रममा उनले शहरकेन्द्रित चिकित्सकले राज्य कोषबाट तलब खाने तर खटाएको ठाउँमा सेवा दिन अटेरी गर्दा जनताको स्वास्थ्य अधिकार सुनिश्चित हुन नसकेको बताए ।

उनले भने, “सरकारी चिकित्सकलाई दुर्गम ठाउँमा गएर सेवा दिन निर्देशन दिँदा चिकित्सक संघले आपत्ति जनायो, तर त्यो राम्रो कुरा होइन ।” उनले चिकित्सकले राज्यको नीति निर्णय पालना गर्नुपर्नेमा जोड दिए ।

नेपालले मातृ मृत्युदर घटाएर उल्लेख्य प्रगति हाँसिल गरेको भन्दै उनले अब महिला स्वास्थ्यको विषयलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>