समाचारआइतबार, मंसिर २१, २०७१

शीतलहरबाट मध्य तराईको जनजिवन प्रभावित

हिमालखबर

मध्यतराईमा शीतलहरसँगै दुईदिनदेखि घाम नलागेका कारण सर्वसाधारणको जनजीवन प्रभावित बनेको छ ।

चिसो बढेपछि राजमार्ग र सडकमा सवारी साधनको चाप कम हुन थालेको छ भने सर्वसाधारणको चहलपहल पनि घटेको छ । अत्यावश्यक कामबाहेक सर्वसाधारण घरबाट बाहिर निस्कन छाडेका छन् ।

शीतलहरबाट विशेष गरी दीर्घ रोगी, श्वासप्रश्वासका बिरामी एवम् पाँच वर्षमुनिका बालबच्चा बढी प्रभावित भएको सर्लाहीका जिल्ला जनस्वास्थ्य निरीक्षक प्रभाकर झाले बताए ।

प्रमुख जिल्ला अधिकारी मोहन चापागाईंले चोक चोकमा आगो ताप्न दाउराको व्यवस्था गर्ने तयारी भइरहेको बताए । रासस

जाडो बढेपछि बेँसी झरे मुगाल

मुगुकोसदरमुकाम गमगढीबाट दुई दिनको पैदल दुरीमा रहेको मुगु गाउँका बासिन्दा हिउँदे याम शुरु भएसँगै बेंसी झर्न थालेका छन् ।

समुद्री सतहबाट तीन हजार ९०० मिटरको उचाइमा रहेको यो गाउँमा मुगाल जनजातिको बहुलता छ ।

चिसो बढन थालेपछि मुगालहरु मुगु गाउँभन्दा न्यानो हुने सिरानी चौर, पिप्लाडी, चितै कुना, सदरमुकाम गमगढी, तराई र काठमाडाँैतिर अस्थायी बसाइँ सरेर गएको मुगु गाउँका छोरतेन लामाले बताए ।

उनले भने, “अहिले गाउँ सुनसान छ । सबै तल झरिसके । अब चैत/वैशाखतिर मात्र मुगाल घर फर्कन्छन् ।”

मुगाल मात्र होइन चिसो बढेकाले मुगु गाउँमा रहेको नेपाल प्रहरीको सीमा सुरक्षा चौकी पनि शनिबारदेखि सदरमुकाम गमगढीमा सरेको छ ।

सिङ्गो गाउँ नै एउटा गाविस रहेको यो गाउँमा १५३ घरधुरी छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>