समाचारशुक्रबार, आश्विन २६, २०६९
प्रधानमन्त्रीलाई तनहुँमा कालो झण्डा
२६ असोजमा गोरखाको भुम्लीचोक र चितवनको दारेचोक जोड्ने फिस्लिङस्थित झोलुङे पुलको उद्घाटन गर्न गएका प्रधानमन्त्रीलाई पुल पूर्व निर्धारित स्थानभन्दा केही तल सारिएको भन्दै कालो झण्डा देखाएको स्थानीयबासीले वताएका छन् । विमलनगर र गोरखा जोड्ने पुल यसअघि विमलनगरमा बनाइने भनिएको थियो ।
एक वर्षअघि चुँडिएको पुलको उद्घाटन गरेका प्रधानमन्त्री भट्टराईसँग स्थानीयले पक्की मोटरबाटो निर्माणको पनि माग गरेका छन् ।
यसैबीच प्रधानमन्त्रीले तनहुँको बन्दीपुर प्रवेशद्वारको उद्घाटन गरेर बन्दीपुर १ को पवित्रा उच्च मावि क्याम्पस भवन शिलान्यास पनि गरेका छन् । प्रधानमन्त्रीले गोरखा पालुङटारमा रहेको अमरज्योति जनता उच्च माविको भवन शिलन्यास गर्दै त्यहाँ अन्तरक्रिया गर्ने कार्यक्रम पनि छ ।
एक वर्षअघि चुँडिएको
