थप समाचारसोमबार, मंसिर २२, २०७१

सुर्खेतमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुग्यो (अपडेट)

हिमालखबर

केशव राना, नेपालगञ्ज

कालिकोटबाट कैलालीको टिकापुरतर्फ जाँदै गरेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । दुर्घटनामा मृत्यु हुने अहिलेसम्म पाँच जनाको मात्र सनाखत भएको छ ।

बस चालक सुर्खेत छिन्चु–७ का २४ वर्षीय मिनबहादुर बुढा, भबि खत्री, बाजुरा गोत्रीका ५० वर्षीय मनराज बिष्ट, त्यही ठाउँका पंखे सार्की र पुने सार्कीको खनाखत भएको मध्यपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

कार्यालयका अनुसार घाइते ३८ जनाको सुर्खेत र बाँकेका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । ११ जना भने सामान्य उपचार पछि डिस्चार्ज भएका छन् ।

क्षमताभन्दा दोब्बर यात्रु बोकेको ना ४ ख ६८५७ नम्बरको बस २१ मंसीर राति सुर्खेतको पोखरीकाँडा–९ कालेखोलामा दुर्घटना भएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>