समाचारसोमबार, मंसिर २२, २०७१

तीव्र गतिको गाडी दुर्घटना हुँदा चालकसहित ६ को मृत्यु(अपडेट)

हिमालखबर

काठमाडौंबाट हेटौडा जाँदै गरेको ना १ ज २४६७ नम्बरको मध्यामाञ्चल यातायातको टाटासुमो दुर्घटना हुँदा गाडी चालक हेटौडा–२, किशोर श्रेष्ठको मृत्यु भएको छ । अन्य ५ जनाको सनाखत हुन सकेको छैन । चार जनाकाे घटनास्थल र एक जनाकाे उपचारकाे क्रममा काठमाडाैंमा मृत्यु भएकाे हाे ।

सडकबाट झण्डै डेढ सय मिटर तल गाडी खसेको सिस्नेरी प्रहरी चौंकीका प्रहरी प्रमुख देवेन्द्र रानाले बताए । मृत्यु भएका एक पुरुष र तीन महिलाको शव अझै निकाल्न सकिएको छैन ।

गाडी खसेको ठाउँबाट पाण्डेडाडाँमा शव निकाल्ने प्रयास भइरहेको छ । गाडी तीव्र गतिको कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

दुर्घटनाका घाइते पाँचै जनाको काठमाडौंको मेघा अस्पतालमा उपचार भइरहेको छ ।

सुरजकुमार भुजेल, मकवानपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>