थप समाचारसोमबार, मंसिर २२, २०७१
नक्कली मल बनाउने पक्राउ
सुराकीको आधारमा अलौँ गाविसका तीन जनालाई प्रहरीले २२ मंसीरमा पक्राउ गरेको हो । पक्राउ पर्नेमा दिनेश महतो, महेश महतो र सुरेश महतो छन् ।
नक्कली मल बनाएर कृषकलाई ठगी गरिरहेको भन्ने खबर थाहा पाएपछि उनीहरुले सञ्चालन गरिहेको पसलमा नै छापा मारी मल बरामद गरिएको प्रहरी उपरीक्षक दिवेश लोहनीले जानकारी दिए ।
उनीहरुको साथबाट प्रहरीले ६ बोरा रासायनिक मल पोटास र एउटा साइकल नियन्त्रणमा लिएको छ ।
यसैबीच, अञ्चल प्रहरी कार्यालय नारायणी वीरगन्जले भन्सार छली नेपाल भित्र्याइएको मालबाहक ट्रक नियन्त्रणमा लिएको छ । ना३ ख. ६१७७ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको अञ्चल प्रहरी कार्यालय नारायणी वीरगन्जले जनाएको छ ।
रासस
