समाचारसोमबार, मंसिर २२, २०७१

तत्कालीन बुटवल फाइनान्सका कार्यकारी अध्यक्ष पक्राउ

हिमालखबर

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकिङ कसुरमा तत्कालीन बुटवल फाइनान्सका कार्यकारी अध्यक्ष देवेन्द्रप्रसाद ध्वजुलाई पक्राउ गरेको हो । उनलाई २२ मंसीरमा ललितपुरको मानभवनबाट पक्राउ गरेको सीआईबीका प्रहरी उपरीक्षक पिताम्बर अधिकारीले जानकारी दिए ।

ध्वजुले कर्जा समितिको संयोजक रही कर्जा प्रवाह गर्ने सिलसिलामा बैंकिङ कसुर गरेको आरोप छ । उनले फाइनान्सलाई रु.३२ करोड ४९ लाख ४९ हजारको हानी पुर्‍याएको ठहर छ ।

उनमाथि कर्जाका लागि धितो राखिएको सम्पत्तिको अधिक मूल्यांकन गराएको, ऋणीहरुको मिलेमतोमा कम्पनी कोष र कर्जाको दुरुपयोग गरेको, एकै समूहका व्यक्तिलाई अधिक ऋण प्रवाह गरी संस्थाको स्रोत–साधनको दुरुपयोग गरी निक्षेपकर्ताको हित विपरितको कार्य गरेको लगायतका आरोप छ ।

तत्कालीन बुटवल फाइनान्स, एल्पिक एभरेष्ट फाइनान्स र सीएमबी फाइनान्स मर्ज भएर अहिले सिनर्जी फाइनान्स बनेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>