समाचारमंगलबार, मंसिर २३, २०७१

एमाओवादी सचिव भन्छन्, ‘प्रदेश संख्या घट्न सक्छ’

हिमालखबर

क्रान्तिकारी पत्रकार सङ्घ मोरङको २३ मंसीरमा आयोजित पत्रकार सम्मेलनमा उनले राज्य पुनःसंरचना तथा प्रदेश सङ्ख्यामा अधिकतम लचकता अपनाउन आफ्नो पार्टी तयार रहेको बताए । पोखरेलले सरकार परिवर्तन गर्नेभन्दा पनि प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमै दलहरुको सहमतिमा संविधान बन्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले एमाओवादी नेतृत्वको गठबन्धन मोर्चामा रहेका दलहरुलाई फुटाएर सत्ताको खेलमा लागे फेरि पनि संविधान नबन्ने दाबी गरे । सचिव पोखरेलले दलहरुबीच अधिकतम सहमति कायम गरी जारी गरिएमा मात्र त्यस्तो संविधान दिगो हुने उल्लेख गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>