समाचारमंगलबार, मंसिर २३, २०७१
‘कर्मचारीतन्त्र अमर्यादित र अनुशासनहीन’
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस २०७१ का अवसरमा आयोगको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा उनले भने “त्यसका लागि जनताले पनि तथ्यपरक सूचना दिएर सभ्य र सुसंस्कृत नागरिको कर्तव्य पूरा गर्नुपर्छ ।”
आयोगले सानातिना कर्मचारी (खरिदार, मुखिया, नासु, शिक्षक)लाई मात्रै पक्राउ गर्छ, व्यापारी, ठूलाबडा र राजनीतिक व्यक्तित्वलाई केही गर्न सक्दैन भन्ने जनगुनासो र टीकाटिप्पणी भइरहेका समयमा प्रमुख आयुक्तको यो भनाइ आएको हो ।
जनता र समाजले ‘ठूलो माछा’लाई कारबाहीको दायरामा ल्याउन आयोगलाई झक्झकाइरहेको प्रसङ्ग उल्लेख गर्दै प्रमुख आयुक्त कार्कीले त्यस्ता एक हजारभन्दा बढी व्यक्तिमाथि आयोगले अनुसन्धान गरिरहेको बताए ।
मुलुकको कर्मचारीतन्त्रमा अनुशासनहीनता, गैरजिम्मेवारीपन र ‘चेन अफ कमान्ड’(आदेशको शृङ्खला) हराउँदै गएको बताउँदै उनले मन्त्रालयका सचिवले केही हदसम्म हिम्मत गर्ने हो भने अमर्यादित र अनियमिता हट्ने जिकिर गरे ।
