समाचारमंगलबार, मंसिर २३, २०७१
‘प्रक्रियाबाट भए पनि ८ माघमा संविधान’
काठमाडौंमा आयोजित कार्यक्रममा कांग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडुले संविधानका विवादित विषयमा सहमति गर्ने वा प्रक्रियाका लागि सहमति गर्ने भन्नेबारेमा २५ मंसीरभित्र विवादित विषय टुंगो लाग्ने बताए ।
एमाले सचिव प्रदीप ज्ञवालीले पहिलो प्राथमिकता सहमति, त्यसपछि प्रक्रियाका निम्ति सहमति नभए संविधानका विवादित विषयलाई पछि टुङ्गो लगाउने गरी यथावत् राखेर भए पनि ८ माघमै संविधान जारी गर्नुपर्ने बताए ।
एमाओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले कांग्रेस र एमालेले संघीयताकोे विषयमा राखेको सात प्रदेशको प्रस्ताव आदिवासी जनजाति, मधेसी तथा उत्पीडनमा पारिएको समुदायको पक्षमा नभएको जिकिर गरे ।
