समाचारमंगलबार, मंसिर २३, २०७१

सभासद् खड्काको निधनप्रति शोकप्रस्ताव पारित

हिमालखबर

सभासद् खड्काको निधनप्रति शोकप्रस्ताव पारित२३ मंसीरमा बसेको संविधानसभा बैठक सभासद् खड्काको निधनप्रति शोकप्रस्ताव पारित गर्दै सकिएको छ । बैठक फेरि २४ मंसीर बिहान ११ बजे बोलाइएको छ ।

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले बैठकमा शोक प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकमा सभासदले एक मिनेट मौनधारण समेत गरे ।

शोक प्रस्तावमा लेखिएको छ, “संविधानसभाको यो बैठक २०७० सालको संविधानसभा निर्वाचनमा बाग्लुङ जिल्लाको क्षेत्र १ बाट नेपाली काँग्रेस पार्टीका तर्फबाट निर्वाचित सदस्य एवम् लोकतान्त्रिक आन्दोलनका अथक योद्धा हरिबहादुर खड्काको ५१ वर्षको उमेरमा बाग्लुङमा जीप दुर्घटनामा घाइते हुनुभई काठमाडौँस्थित न्युरो अस्पतालमा उपचारको क्रममा यही मङ्सिर २१ गते आइतबार राति ८ः३० बजे असामयिक निधन भएकोमा गहिरो शोक प्रकट गर्दछ ।”

२४ मंसीरमा बस्ने संविधानसभा बैठकमा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन प्रस्तुत हुने तयारी छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>