समाचारशुक्रबार, आश्विन २६, २०६९

देशको अर्थतन्त्रप्रति राष्ट्रपतिको चिन्ता

हिमालखबर

२६ असोजमा राष्ट्रपति भवन शितल निवासमा भएको अर्थविद्हरुसँगको भेटमा राष्ट्रपति यादवले मुलुकमा राजनीतिक अस्थिरता कायमै रहे आर्थिक अभाव सिर्जना हुने र संकट अझै गहिरिने भन्दै चिन्ता व्यक्त गरेको भेटमा सहभागी अर्थविद् डाक्टर चिरञ्जीवी नेपालले जानकारी दिए ।

अर्थविद् नेपालका अनुसार दलहरुबीचको जारी मतभेदकै बीच आएको एक तृतियांश बजेट सकिनै लाग्दा पनि दलहरुले पूर्ण बजेटका लागि राष्ट्रिय सहमति कायम गर्न नसकेको राष्ट्रपतिको गुनासो थियो ।

भेटमा अर्थविद्हरुले राष्ट्रपतिलाई पूर्णबजेटका लागि दलहरुबीच सहकार्यको वातावरण बनाइदिन आग्रह गरे । उनीहरुले पूर्ण बजेटले मात्र मुलुकको आर्थिक समस्या निवारण गर्ने र ठूला योजनामा लगानीको वातावरण सिर्जना हुने भन्दै सहमतिमै पूर्ण बजेट ल्याउनुपर्ने बताएका छन् ।

यसैबीच राष्ट्रपति यादवले सरकारी र गैरसरकारी क्षेत्रबाट शिक्षामा पर्याप्त लगानी भए पनि अपेक्षा अनुसार उपलब्धि नभएको गुनासो गरेका छन् । महेन्द्र आदर्श विद्याश्रमको स्वर्ण जयन्तीको अवसरमा २६ असोजमा ललितपुरमा भएको कार्यक्रममा उनले व्यवहारिक शिक्षाको कमीले मुलुक बेरोजगार युवाहरु उत्पादन गर्ने थलो मात्र भएको टिप्पणी गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>