समाचारबुधबार, मंसिर २४, २०७१
सम्वाद समितिको प्रतिवेदन संविधानसभामा प्रस्तुत
२ कात्तिकपछि २४ मंसीरमा बोलाइएको संविधानसभामा बाबुराम भट्टराई सभापति रहेको सम्वाद समितिले वुझाइएको प्रतिवेदन पेश भएको हो । प्रतिवेदन वुझाउदै सभापति भट्टराईले दलहरुबीच हदैसम्मको लचकता अपनाएर ८ माघमै संविधान जारी गर्नुपर्ने बताए ।
उनले भने, ‘‘संवैधानिक समितिलाई राजनीतिक पनि बनाउँदा सहमति जुटाउन सकिएन, अव पनि दलहरुले त्याग नगर्ने हो भने संविधान बन्न सक्दैन ।’’ अन्तिम पटक भन्दै संविधानसभाले १६ कात्तिकसम्मको समय दिएको सम्वाद समितिले सहमति कायम गर्न नसकेपछि १९ मंसीरमा दलहरुको फरक धारणासहितको प्रतिवेदन वुझाएको थियो ।
प्रतिवेदन प्रस्तुत भएपछि संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधानसभाको बैठक २९ मंसीरसम्मका लागि स्थगित गरिएको सभासद पीके राईले बताए ।
