समाचारबुधबार, मंसिर २४, २०७१
‘अपराध अनुसन्धान विश्वविद्यालय बनाउनुपर्छ’: गृहमन्त्री
गृहमन्त्री गौतमले अपराध अनुसन्धान विभागलाई स्तरन्नति गरेर विश्वविद्यालय बनाउनुपर्ने आफ्नो सोच रहेको बताएका हुन् । नेपाल प्रहरीको अनुसन्धान विभागको ५९औं अपराध अनुसन्धान दिवसको अवसरमा २४ मंसीरमा आयोजित कार्यक्रममा उनले भने, “अपराधीसँग लागेर संस्थाको प्रतिष्ठामा आँच पुर्याउने व्यक्तिलाई खोजीखोजी कारबाही गर्नोस् ।”
‘नेपाल सङ्गठित अपराधको ट्रान्जिट प्वाइन्ट भएको’ आरोपलाई निरर्थक सावित गर्नुपर्ने चनौती रहेको उनले बताए । तर, उनले सङ्गठित अपराध गम्भीर समस्याका रुपमा रहेको टिप्पणी गरे ।
“कानूनको पालना गर्ने, अपराधीलाई पक्रने र न्याय दिने काममा प्रहरीले खेलेको भूमिकाको कहीँकतैबाट प्रशंसा नगर्ने प्रवृत्ति अन्त्य हुन आवश्यक छ,” उनले भने ।
रासस
