समाचारबुधबार, मंसिर २४, २०७१
सकारात्मक सन्देश दिने तयारीमा शीर्ष नेताहरूः प्रधानमन्त्री
नेपाल पर्वतारोहण संघले पोखरामा २४ मंसीरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री कोइरालाले ८ मंसीरमै संविधान जारी गर्नेगरी दलहरु छलफलमा जुटेको बताए । उनले भने, ‘‘कसैले कुनै किसिमको आन्दोलन र अशान्ति मच्चाएर हिँड्नु पर्दैन, सबै जातजाति, वर्ग र समुदायको हक सुनिश्चित हुने गरी नयाँ संविधान जारी हुनेछ ।’’
प्रधानमन्त्री कोइरालाले विदेशिएका ३५ लाख युवालाई अवको १० वर्षभित्र स्वदेश फर्काउने बताए । छिमेकी मुलुकहरुसँग ठूला जलविद्युत् आयोजनाको सम्झौता गर्दा नेपाल तल पर्ने गरी राष्ट्रिय हित विपरीत कुनै निर्णय नगरेको स्पष्ट गर्दै सडक, विद्युत्, खानेपानी, शिक्षा, पर्यटनजस्ता हरेक क्षेत्रको विकास अघि बढेको उनले बताए ।
