समाचारबुधबार, मंसिर २४, २०७१
एमाले पोलिटब्यूरो सदस्यको चुनाव २६ मंसीरमा
२२ मंसीरमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षता गरेर स्थगित गरिएको बैठक २४ मंसीरबाट पुनः शुरु भएको हो । बैठकमा अध्यक्ष ओलीले पार्टीलाई सामूहिक निर्णयका आधारमा सञ्चालन गर्ने बताए ।
पूर्ण बैठकअघि बसेको पदाधिकारी बैठकमा अध्यक्ष ओलीले आगामी दिनमा सामूहिक निर्णयबाट पार्टी चलाउने प्रतिवद्धता जनाएका थिए । महाधिवेशनपछि ओलीले एकलौटी पार्टी चलाएको भन्दै माधवकुमार नेपाल समूहले विरोध जनाउँदै आएको थियो ।
२४ मंसीर दिउँसो १ बजेसम्मलाई स्थगित गरिएको बैठकमा अध्यक्ष ओलीले २६ मंसीर (शुक्रवार) पोलिट्ब्यूरोको चुनाव गर्न निर्वाचन आयोगलाई निर्देशन दिएका छन् । एमालेमा ५४ सदस्यीय रहने पोलिट्ब्यूरोका लागि सहमति जुट्न सकेको छैन ।
‘विधानबारे टुंगो नलागेसम्म चुनाव हुदैन’
महाधिवेशन र केन्द्रीय कमिटीको म्याण्डेट विपरीत एकलौटी विधान प्रकाशन गरिएको भन्दै बरिष्ठ नेता नेपालले गत १४ कात्तिकमा लिखित असुन्तुष्टि जनाएका छन् । विधानमा एक कार्यकाल केन्द्रीय सदस्य भएकाले मात्रै पोलिट्ब्यूरो सदस्य हुने व्यवस्था हुनुपर्ने नेपाल पक्षले जनाउँदै आएका छन् ।
तर, प्रकाशित विधानमा उक्त व्यवस्स्था हटाइएको भन्दै नेपाल पक्षधरले भोलिको बैठकमा कुरा उठाउने तयारी गरेका छन् । केन्द्रीय सदस्य अरुण नेपालले भने, ‘‘विधानको टुंगो नलागेसम्म बैठक अघि बढ्न सक्दैन ।’’ आज बसेको बैठकमा अध्यक्षले कार्यसूची प्रवेश पेश गरेको केन्द्रीय सदस्य पार्वत गुरुङले बताए ।

