समाचारबिहीबार, मंसिर २५, २०७१

सडक दुर्घटना न्यूनीकरण गर्न समिति गठन

हिमालखबर

singhdurbar२५ मंसीरमा बसेको मन्त्रिपरिषद्को बैठकले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाको संयोजकत्वमा गृह र कानून, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयका सहसचिव, अतिरिक्त प्रहरी महानिरीक्षक सदस्य एवम् यातायात व्यवस्था विभागका महानिर्देशक सदस्य सचिव रहेकोे कार्यदल गठन गरेको कानूनमन्त्री नरहरि आचार्यले जानकारी दिएका छन् ।

मन्त्री आचार्यका अनुसार समितिले दुर्घटना न्यूनीकरण तथा सहयोगका लागि तत्काल मौजुदा कार्यान्वयनसम्बन्धी प्रतिवेदन, सात दिनभित्र अन्तरिम प्रतिवेदन र १५ दिनभित्र पूर्ण  प्रतिवेदन पेस गर्नेछ ।

बैठकले संशोधित सवारी चालक अनुमतिपत्र नियमावली अनुमोदन गरेको छ । जस अन्तर्गत सवारी चालक अनुमति पत्र प्राप्त गर्न कम्तिमा एसएलसी परीक्षा पास गरेको हुनुपर्ने साथै तीन किलोमिटर सम्म सवारी चलाएर ट्रायल दिनु पर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै बैठकले दुग्ध विकास संस्थानका महाप्रबन्धकमा गङ्गा तिमल्सिना, राष्ट्रिय बीउबीजन केन्द्रका महाप्रबन्धकमा धर्मराज अधिकारी र  कृषि सामाग्री कम्पनी लिमिटेडका महाप्रबन्धकमा अमरराज खयरलाई नियुक्त गरेको छ ।

सरकारले उखु खेतीको बिक्री खरिदलगायत समस्याको दीर्घकालीन समाधानका लागि उखुबालीलाई  राष्ट्रिय खेतीका रुपमा घोषणा गरेको छ ।

‘शताब्दी पुरुष’ सत्यमोहन जोशीको स्वास्थ्योपचारको खर्च सरकारले व्यहोर्ने निर्णय गरिएको पनि आचार्यले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>