समाचारशुक्रबार, मंसिर २६, २०७१

नेविसंघद्वारा महाधिवेशनको माग

हिमालखबर

नेविसंघको ११औं महाधिवेशनको माग गर्दै विद्यार्थी नेताले २६ मंसीरमा नेपाली कांग्रेसको केन्द्रीय समितिमा ज्ञापनपत्रमा बुझाएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी केन्द्रीय समिति बैठकमा पुगेर विद्यार्थी नेताले कांग्रेस महामन्त्री प्रकाशमान सिंहलाई ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा नेविस.घको गरिमालाई जोगाइ राख्नका लागि महाधिवेशन आवश्यक भएको लगायतका बुँदा उल्लेख छ । विद्यार्थी नेता नैनसिंह महरको नेतृत्वमा गएका टोलीले नेविसंघको विषयमा अन्तर्राष्ट्रियस्तरमा नै नकारात्मक सन्देश गएकाले ध्यान दिन नेतृत्वलाई भनेका छन् ।

ज्ञापनपत्र बुझाउनका लागि उनीहरुले प्रधानमन्त्री निवासको बाहिरपट्टी दुई घन्टा धर्ना दिएका थिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>