समाचारशुक्रबार, मंसिर २६, २०७१

चालकलाई कार्वाही गरेपछि सुर्खेत र नेपालगञ्जको यातायात ठप्प

हिमालखबर

यात्रु कोचाकोच हालेर सवारी साधन चलाउने चालक–सहचालक र सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिई मुद्दा चलाउन थालेपछि २५ मंसीरदेखि आन्दोलनमा उत्रिएका मजदुरहरुले २६ मंसीरमा नेपालगञ्ज र सुर्खेतमा सार्वजनिक यातायात बन्द गराएका छन् ।

सवारी साधन नचलेपछि भारतबाट फर्केका, उपचार र अन्य कामका लागि नेपालगञ्ज आएका यात्रुहरु अलपत्र परेका छन् त्यसैगरी पहाडी जिल्ला जाने र त्यसतर्फ फर्कने यात्रुहरु सुर्खेतमा अलपत्र छन् ।

प्रहरीले यातायात मजदुरलाई अनावश्यक कारबाही गर्न थालेकाले आन्दोलनमा उत्रिएको अखिल नेपाल यातायात मजदुर संघका केन्द्रीय सह–सचिव बसन्त मल्लले बताए । उनले सवारी मजदुरहरुलाई लगाइएको मुद्दा फिर्ता नलिए आन्दोलन थप चर्काउने चेतावनी समेत दिएका छन् ।

प्रहरीले २३ मंसीमा क्षमताभन्दा धेरै यात्रु बोकेका गाडीका करीब एक सय जना चालक तथा सहचालकलाई नियन्त्रणमा लिइ कारवाही अगाडि बढाएको थियो । पक्राउ परेकामध्ये २३ जनालाई सार्वजनिक मुद्दा दर्ता गरी कार्वाही अघि बढाइएको सुर्खेत प्रहरीले जनाएको छ ।
केशव राना/बाँके

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>