समाचारशुक्रबार, मंसिर २६, २०७१
सहमतिबाटै एमाले स्थायी कमिटी र पोलिट्ब्यूरो
पदाधिकारी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाललाई यसबारे जिम्मा दिएको थियो । अध्यक्ष ओली र नेता नेपालबीच सहमतिबाटै स्थायी कमिटी र पोलिट्ब्यूरो बनाउने सहमति भएको नेता सुरेन्द्र पाण्डेले बताए ।
२६ मंसीर साँझ ओली र नेपालबीच छलफल भइरहेको छ । नेता पाण्डेका अनुसार आजै (२६ मंसीर) स्थायी कमिटी र पोलिट्ब्यूरो टुंगो लाग्ने संभावना छ ।
२२ मंसीरदेखि जारी केन्द्रीय कमिटी बैठकले विधानमा उत्पन्न समस्याबारे उपाध्यक्ष भीम रावल र महासचिव ईश्वर पोखरेललाई जिम्मा दिइएको थियो । उनीहरुले एक कार्यकाल केन्द्रिय सदस्य भएकाले पोलिट्ब्यूरो बन्न पाउने सहमति जुटाएको छ ।
