समाचारशनिबार, मंसिर २७, २०७१

‘पर्पलफेस्ट’ टिकटको पैसा फिर्ता हुने, डेटा फिर्ता गर्नु नपर्ने

हिमालखबर

ncellराजधानीको दशरथ रंगशालामा भारतीय कमेडियन कपिल शर्मा, गायक सोनु निगम र नेपाली कलाकारहरुको प्रस्तुत रहने कार्यक्रम ‘पर्पल फेष्ट’ रद्द भएपछि आयोजक एनसेलले टिकटका लागि डेटा खरिद गरेका ग्राहकको रकम फिर्ता दिने तर ग्राहकले डेटा फिर्ता गर्नु नपर्ने जनाएको छ ।

एनसेलका अनुसार काठमाडौं र बनेपाका एनसेल सेन्टरबाट ३० पुसभित्र ग्राहकले रकम फिर्ता लिन सक्नेछन् ।

कार्यक्रमको तयारी अन्तिम अवस्थामा पुगेकाले २६ मंसीर साँझ जिल्ला प्रशासन कार्यालय काठडौंले सुरक्षाको कारण देखाउँदै कार्यक्रम नगर्न निर्देशन दिएको थियो ।

एनसेलले टिकट खरिद गरेका ग्राहकको मोबाइलले विहानै म्यासेज पठाएर कार्यक्रम रद्द भएको जानकारी गराई सकेको छ ।

यद्दपी २६ मंसीर साँझै कपिल शर्माले ट्विटरमा नेपाल आउन आफू उत्साहित रहेको उल्लेख गरेका थिए । एनसेलले भने कपिल शर्माका म्यानेजरलाई त्यसअघि नै कार्यक्रम रद्द भएको जानकारी गराइसकेको थियो ।

कपिल शर्माको कार्यक्रम नहुने

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>