समाचारशनिबार, मंसिर २७, २०७१

पश्चिमी वायुको प्रभावले चिसो बढ्यो, पश्चिममा वर्षा

हिमालखबर

coldअरब सागरबाट पाकिस्तान, जम्बु काश्मिर हुँदै नेपालको पश्चिमी भेगबाट प्रवेश गरेको वायुका कारण मौसम बदली भई विभिन्न स्थानमा पानी परेको मौसमविद् राजाराम ढकालले जानकारी दिए ।

पश्चिमी वायु पूर्वसम्म विस्तार हुने क्रममा रहेको र बेलुकासम्म देशैभर प्रभाव पार्नुको साथै काठमाडौँमा बेलुकादेखि पानी पर्ने सम्भावना रहेको उनले बताए ।

मौसमविद् ढकालका अनुसार पश्चिमी वायुको प्रभाव १ पुससम्म जारी रहने छ । आज पश्चिम नेपालका वीरेन्द्रनगर, धनगढी र नेपालगन्जमा हल्का वर्षा भएको छ । पूर्वी भेगमा २८ मंसीर बेलुकादेखि पानी पर्नेछ ।

मौसममा बदली भई पानीसमेत पर्ने हुनाले केही दिन तापक्रम घट्ने र काठमाडौँसहित देशभर चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार २७ मंसीरमा उपत्यकाको तापक्रम न्यूनतम ४ दशमलव ५ तथा अधिकतम १५ डिग्री सेल्सियस रहेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>