समाचारआइतबार, मंसिर २८, २०७१

सिरहामा चिसोका कारण दुईको मृत्यु

हिमालखबर

मंसीरको अन्तिम सातादेखि शुरु भएको चिसो क्रमशः बढ्दैै जाँदा तराईको जनजीवन प्रभावित भएको छ । बाक्लो हुस्सु र चिसो हावाका कारण रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र हाडजोर्नीका बिरामी निकै बढेका छन् ।

सिरहा सदरमुकामस्थित जिल्ला अस्पताल, लहान अस्पताल तथा ग्रामीण भेगका सरकारी स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप निकै बढेको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले जनाएको छ । दूधेबालकदेखि ६० वर्षसम्मका वृद्धवृद्धा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनियालगायतबाट पीडित भएका छन् ।

जिल्लामा चिसाले कठ्याङ्ग्रिएर एक साताअघि सुखीपुर–८ निवासी ६० वर्षीय बौवा सदा र विद्यानगर–२ निवासी ५० वर्षीया आशादेवी मण्डलको मृत्यु भइसकेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>