समाचारआइतबार, मंसिर २८, २०७१
देशभर वर्षा, जाडो भए पनि न्यूनतम तापक्रम बढी
पूर्वी नेपालको धनकुटा बाहेक देशभर वर्षा भएको छ । अरब सागरबाट भित्रिएको वाष्पयुक्त हावा एवम् पश्चिमी वायुको प्रभावका कारण देशभर वर्षा भएको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार जुम्लामा सबैभन्दा बढी ४२ मिलिमिटर वर्षा भएको छ । देशका उच्च हिमाली भेगमा हिउँ परेको छ ।
वर्षासँगै चिसोको अनुभूति गरिए पनि जाडो भने नबढेको मौसमविद् शान्ति कँडेलले बताइन् । उनले भनिन्, “अरुबेला भन्दा अहिले न्युनतम तापक्रम बढी मापन भएको छ,” उनले भनिन्, “घाम नदेखिएकाले मात्र चिसोको अनुभूति भएको हो, जाडो बढेको होइन ।”
उनले चिसो अनुभूति भए पनि दुई तीन दिनअघि जस्तो अहिले हात खुट्टा ठिहिर्याउने नभएको बताइन् ।
२८ मंसीर बिहान ५.४५ बजे राजधानीको तापक्रम ९.२ डिग्री सेल्सियम मापन गरिएको महाशाखाले जनाएको छ । राजधानीमा ८ मिलिमिटर वर्षा भएको छ ।
वर्षापछिको वातावरणका कारण सर्वसाधारणको जनजीवन भने प्रभावित भएको छ ।
मौसमविद् कँडेलका अनुसार यस्तो अवस्था एकदुई दिन अरु कायम रहने छ । “२८ मंसीर रातिदेखि मौषममा केही सुधार भए पनि मौसममा पूरै सुधार हुन भने १ पुषसम्म कुर्नुपर्छ,” उनले भनिन् ।
