समाचारआइतबार, मंसिर २८, २०७१

एमाओवादीको पदाधिकारी विघटन गरिने

हिमालखबर

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बसेको स्थायी समितिको बैठकले केही समयभित्रै विशेष महाधिवेशन गर्नेगरी पदाधिकारी विघठन गर्ने निर्णय गरेको छ ।

पार्टीभित्रको विवादलाई हल गर्न र अरु माओवादी घटकसँगको एकतालाई प्रभावकारी रुपमा अगाडि बढाउन यस्तो निर्णय गरिएको जनाइएको छ । हाल कायम रहेको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समिति बनाउनेसमेत स्थायी समितिले निर्णय गरेको कोषाध्यक्ष हरिबोल गजुरेलले बताए ।

पार्टी पदाधिकारी विघटन गरेपछि त्यसको कार्य सञ्चालनका लागि छुट्टै टोली बनाइनेछ । केन्द्रीय समितिलाई आयोजक समितिमा रुपान्तरण गरेपछि जिल्ला समितिलाई समेत आयोजक समितिमा रुपान्तरण गरिनेछ । पदाधिकारीको विघटन गरेपछि त्यसमा रहेका सबै सदस्यहरु स्वतः केन्द्रीय सदस्य मात्रै रहनेछन् ।

पार्टीका वरिष्ठ नेता बाबुराम भट्टराईले गत साल विराटनगरमा सम्पन्न राष्ट्रिय सम्मेलनपछि निर्वाचित भएको पोलिटब्युरो, स्थायी समिति र पदाधिकारीलाई अस्वीकार गरेपछि एमाओवादीभित्र विवाद बढेको थियो ।

पार्टीको साङ्गठनिक र वैचारिक विवादलाई हल गर्दै आगामी एक वर्षभित्र विशेष महाधिवेशन गर्ने र अरु माओवादी घटकसँग पार्टी एकताको वातावरण बनाउने गरी नीति तथा कार्यक्रमसमेत अगाडि सार्ने सो पार्टीले तयारी गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>