समाचारआइतबार, मंसिर २८, २०७१

‘अलकायदा’बारे सूचना फर्जी भएको पुष्टी

हिमालखबर

‘अलकायदा’बारे सूचना फर्जी भएको पुष्टीइस्लामिक आतंककारी संगठन ‘अलकायदा’ले काठमाडौंमा बिष्फोट गराउने योजना बनाएको भन्दै सूचना दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीलाई गलत सूचना दिने काठमाडौंको हाडीगाउँमा बस्दै आएका दमक–१३ झापाका ३६ वर्षीय रोशन भारतीलाई पक्राउ गरेको हो ।

अरुको इमेल ठेगाना ह्याक गरेर उनी आफैले इमेल पठाएर फर्जी सूचना दिएको प्रहरीले पुष्टी गरेको छ । फर्जी सूचना पठाएर सर्वसाधारणमा भ्रम तथा सन्त्रास फैलाउने उदेश्यले इमेल ठेगाना ह्याक गरेको ठहर गरेको प्रहरीको भनाइ छ ।

उनलाई साइबर अपराधअन्तर्गत कारबाही अघि बढाइने अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीले बताए ।

भारतीले अर्काको इमेल ह्याक गरेर अलकायदाले काठमाडौंको पशुपतिनाथमा बिष्फोट गराउन लागेको भन्दै ९ मंसीरमा फर्जी सूचना प्रहरीलाई दिएका थिए । उनकै सूचनाको आधारमा प्रहरीले काठमाडौंका विभिन्न ठाउँबाट ५ पाकिस्तानीसहित २० जनालाई पक्राउ गरेको थियो ।

भारतीको सूचना फर्जी भएको पुष्टी भएसँगै पक्राउ परेकाहरु छुटेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>