समाचारसोमबार, मंसिर २९, २०७१
बिष्फोटको आरोपमा तीन पक्राउ
सर्लाहीको सदरमुकाम मलंगवास्थित नापी कार्यालयमा गत वर्ष शक्तिशाली बम बिष्फोट गराएको आरोपमा जिल्ला प्रहरी कार्यालयले तीन जनालाई पक्राउ गरेको हो । रौतहटको पिपरीया गाविस–९ का ३५ वर्षीय पनिलाल पण्डित, पिपरीया–७ का २० वर्षीय कमलप्रसाद यादव र ३५ वर्षीय नरेश राय यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुरेश बस्नेतले जानकारी दिए ।
अञ्चल प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय सर्लाहीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको र चाँडै सार्वजनिक गरिने प्रहरीको भनाइ छ । उनीहरुले २८ भदौ २०७० मा नापी कार्यालयभित्र शक्तिशाली प्रेसर कुकर बम विष्फोट गराएको प्रहरीको आरोप छ ।
बिष्फोटबाट नापी कार्यालयका अधिकृत नागेन्द्र राय यादव, लेखन्दास एवम् सेवाग्राहीसहित आठजना घाइते भएका थिए ।
रासस
