समाचारसोमबार, मंसिर २९, २०७१

सल्यानमा दुर्घटना हुँदा एकको मृत्यु, १२ घाइते

हिमालखबर

देविका घर्ती मगर, दाङ

सल्यानको धनबाङ–७ स्थित चोर खोलामा जीप खस्दा एक जनाको मृत्यु भएको छ । १२ जना घाइते छन् ।

दाङको तुलसीपुरबाट सल्यानको रिम भन्ने ठाउँमा जाँदै गरेको रा १ ज ५०६ नम्बरको जीप २८ मंसीर राति दुर्घटना भएको हो ।

दुर्घटनामा परी सल्यान रिम गाविस–४ खगीलाल खड्काको मृत्यु भएको इलाका प्रहरी चौकी कपुरकोटका इन्चार्ज लक्ष्मण डाँगीले जानकारी दिए ।

गम्भीर घाइते चालक हरी डाँगी, सहचालक टोपेन्द्र बलाल, रिम–१ का दिलबहादुर बुढा र हस्तबहादुर बुढालाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

घाइते रिम–१ की निर्मला खत्री, मीना पुन, रिम–२ की राजकुमारी घर्ती, हुकुमबहादुर पुन, रिम–४ का खेतबहादुर वली, डिलबहादुर खड्का र रिमकै टंकबहादुर वलीको भने राप्ती अञ्चल अस्पताल तुलसिपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>