समाचारसोमबार, मंसिर २९, २०७१
“सत्ता पक्षले अरिङ्गालको गोलोमा ढुंगा हान्यो”
नयाँ संविधानका अन्तरवस्तुमा संविधानसभामा प्रतिनीधित्व गर्ने दलहरुका प्रमुखहरुले धारणा राख्दै गर्दा समितिका सभापति भट्टराई बाहिरिएको सभासद यज्ञराजन सुनुवारले हिमालखबरलाई बताए ।
संविधानसभा हलबाट बाहिरिए लगत्तै भट्टराईले सत्ता पक्षले अरिङ्गालको गोलोमा ढुुंगा हान्ने काम गरेको प्रतिक्रिया दिएका छन् । उनले लेखेका छन्, ‘‘आजको संविधानसभा बैठकमा सत्तापक्षले नै हुटिङ गरेर अरिंगालको गोलोमा ढुंगो हान्ने काम गर्नुले आगामी दिनमा अरु गम्भीर कुराको संकेत गरेको त हैन ?’’
बैठकमा अभिव्यक्त गरिएको दलगत धारणाप्रति बाबुरामले गैरजिम्मेवारी अभिव्यक्ति दिएको एमाले नेता सुनुवार बताउँछन् । उनी भन्छन्, ‘‘एमाओवादी अरिङ्गाल हो भने जनता कालो अरिङ्गाल हो ।’’
कांग्रेसका रामचन्द्र पौडेल, एमालेका भीम रावल, राप्रपा नेपालका कमल थापालगायतले संविधानसभा बैठकमा धारणा राखेका छन् ।



