समाचारमंगलबार, पौष १, २०७१

हिमाली क्षेत्रमा हिमपात, पहाडमा वर्षा

हिमालखबर

मौसमी अवस्थाबारे जानकारी दिने स्याटलाइट तस्वीर ।  http://mfd.gov.np/satellite/

मौसमी अवस्थाबारे जानकारी दिने स्याटलाइट तस्वीर । http://mfd.gov.np/satellite/

२७ मंसीरदेखि मौसममा देखिएको परिवर्तनले सर्वसाधारणको जनजीवन प्रभावित भएको छ । देशका अधिकांश पहाडी क्षेत्रमा वर्षा र हिमाली क्षेत्रमा हिमपात भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभाव र अरेबियन सागरमा आएको परिवर्तित मौसम प्रणालीका कारण वर्षा र हिमपात भएको महाशाखाको भनाइ छ । महाशाखाका अनुसार वर्षा र हिमपातले गर्दा तापक्रम निकै न्यूनविन्दुमा पुगेको छ ।

१ पुसमा पश्चिमी क्षेत्रका केही भाग र काठमाडौंमा हल्का पानी परे पनि दिउँसोदेखि घाम लाग्ने महाशाखाले जनाएको छ । घाम लागे पनि चिसो भने कम नहुने मौसमविद् शान्ति कँडेलले बताइन् ।

२ पुसदेखि झनै चिसो बढ्ने महाशाखाको अनुमान छ । भारतको उत्तर प्रदेशमा भएको न्यूनचापीय प्रणाली र पश्चिमी वायु विस्तारै कमजोर बन्दै गएकाले १ पुस दिउँसोदेखि भने मौसममा सुधार आउने मौसमविद् कँडेलले जानकारी दिइन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>