समाचारमंगलबार, पौष १, २०७१

ढिलासुस्ती गर्ने कर्मचारीलाई कारबाहीः मन्त्री पण्डित

हिमालखबर

तस्वीर सौजन्यः रिपोर्टर्स क्लब

तस्वीर सौजन्यः रिपोर्टर्स क्लब

सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले १ पुसदेखि लागू गरेको दुई सिफ्ट प्रणालीको कार्यालय सेवामा कर्मचारीले कुनै ढिलासुस्ती गरे कडा कारबाही गर्ने चेतावनी दिएका छन् । रिपोर्टर्स क्लबले १ पुसमा गरेको कार्यक्रममा उनले भने, “सिफ्ट अनुसार काम नगर्ने कर्मचारीप्रति कडा निगरानी अपनाइने छ, जनताको काम नगर्नेलाई कारबाही हुनेछ ।”

सेवाग्राही मारमा पर्ने गरेकै कारण सरकारले दुई सिफ्ट सेवा शुरु गरेको उनको भनाइ छ । उनले जनताको काम प्रभावकारी रुपमा गर्नु कर्मचारीको दायित्व भएको बताए ।

दुई सिफ्ट सेवा दिँदा कर्मचारीको अभाव हुन नदिने गरी व्यवस्था मिलाइएको उनको भनाइ छ । “जनताको काम गर्दिन भनेर कुनै कर्मचारीले भन्न पाउँदैन, कर्मचारीले जनताको सेवालाई पहिला ध्यान दिनुपर्छ,” उनले भने ।

दुई सिफ्ट प्रणाली सफल बनाउन सेवाग्राही लगायत सबैले सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।

‘भरत सुवेदीलाई कारबाही गरेरै छोड्छु’

मन्त्री पण्डितले मन्त्रिपरिषदको निर्णय अटेर गर्ने सहसचिव भरत सुवेदीलाई कारबाही गरेरै छाड्ने बताएका छन् । राजश्व अनुसन्धान विभागका उप–महानिर्देशक रहेका भरत सुवेदीको सरुवा श्रम मन्त्रालयमा भएको जानकारी दिँदै उनले भने, “मन्त्रिपरिषदको निर्णय अटेर गर्ने सुवेदीमाथि जसरी पनि कारबाही हुन्छ ।”

उनले मन्त्रिपरिषदको निर्णय नमान्ने निजामती कर्मचारी राष्ट्रसेवक हुनै नसक्ने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>