समाचारमंगलबार, पौष १, २०७१

परिस्थितिले प्रधानमन्त्री बनायोः कोइराला

हिमालखबर

 राष्ट्रिय चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठानको दोस्रो दीक्षान्त समारोहलाई संबोधन गर्दै प्रधानमन्त्री सुशील कोइराला । तस्वीर सौजन्यः प्रधानमन्त्रीको निजी सचिवालय


राष्ट्रिय चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठानको दोस्रो दीक्षान्त समारोहलाई संबोधन गर्दै प्रधानमन्त्री सुशील कोइराला । तस्वीर सौजन्यः प्रधानमन्त्रीको निजी सचिवालय

प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो इच्छाले नभएर परिस्थितिवश प्रधानमन्त्री बनेको बताएका छन् । १ पुसमा राष्ट्रिय चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठानको दोस्रो दीक्षान्त समारोहलाई संबोधन गर्दै उनले भने, “मैले प्रधानमन्त्री बन्ने इच्छा कहिल्यै राखिन, तर परिस्थितिको उपजको रुपमा प्रधानमन्त्री भएँ ।”

उनले राजनीतिक मार्गको अनुशरण गर्दै अघि बढ्दा प्रधानमन्त्री बनेको बताए । “कमिटमेण्ट ठूलो कुरा हो, मैले प्रधानमन्त्री बन्ने कल्पना गरेको थिइनँ, राजनीतिलाई समाजसेवाको माध्यमको रुपमा लिएर वीपी कोइरालाले देखाएको मार्गको अनुशरण गर्दै म यहाँ आइपुगेको हुँ,” उनले भने ।

प्रतिष्ठानका कुलपतिसमेत रहेका उनले शान्ति तथा लोकतन्त्र स्थायित्व नहुँदा बौद्धिक पलायन भइरहेको टिप्पणी गरे । उनले भने, “म चाहान्छु, नेपालमा शान्ति, स्थायित्व, लोकतन्त्र, लोकतान्त्रिक संविधान र तीब्र विकास होस् ।”

उनले चिकित्सकहरुलाई दुर्गम गाउँहरुमा पुगेर सेवा दिन पनि आग्रह गरे । “दुर्गम र अपायकका स्थानमा स्वास्थ्यका पूर्वाधार छन् तर उपकरण र डाक्टरहरु नै बस्दैनन्,” उनले भने, “यो अवस्थाको अन्त हुन जरुरी छ ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>