समाचारबुधबार, पौष २, २०७१
भारतमा नेपालीलाई दुख दिइयो: एमाले
भारत र नेपालबीचको ऐतिहासिक र घनिष्ट सम्बन्धको प्रतिकुल भारतमा नेपालीलाई दुख दिइएको भन्दै एमालेले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
२ पुषमा मुख्यालय बल्खुमा पत्रकार सम्मेलन गरी एमालेले विषेशगरी भारतको पूर्वाेत्तर राज्यहरु र हिमाञ्चलमा नेपाली भाषीहरुमाथि विभिन्न पक्षले दुख दिने, कागजपत्रमा समस्या देखाएर कारोबारमा बाधा पुर्याउने गरेको भन्दै सरकारलाई तुरुन्तै कुटनीतिक पहल गर्न आग्रह गरेको छ ।
त्यसैगरी मुलुकमा बढ्दो सडक दुर्घटना रोक्नका लागि कदम चाल्न पनि एमालेले सरकारकाे ध्यानाकर्षण गराएकाे छ भने महिला हिंसाविरुद्ध प्रभावकारी एेन बनाउन पनि अाग्रह गरेकाे छ ।
भाेजपुरमा गाविस सचिव कुटिएकाे घटनाको निन्दा गर्दै एमालेले राष्ट्रसेवक कर्मचारीलाई काम गर्ने वातावरण सृजना गर्न पनि सरकारसँग माग गरेको छ ।
