समाचारबुधबार, पौष २, २०७१
काठमाडौंको मासांगल्लीमा आगलागी
काठमाडौंको वडा नम्बर २७, मासांगल्लीस्थित राजेन्द्र मानन्धरको घरमा २ पुस राति आगलागी हुँदा हाेलसेल र कपडा पसल नष्ट भएका छन् ।
प्रहरी, दमकल र सर्वसाधारणको प्रयासमा राति अागो निभइएको छ । आगलागीको कारण र क्षतिबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
