समाचारशुक्रबार, आश्विन २६, २०६९
सहमतिको बाधक प्रधानमन्त्रीः सभापति कोइराला
बाँकेको बेतहनीमा २६ असोजमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गदै कोइराललो भने, “सत्तामा जसरी पनि टाँसिरहने एकीकृत नेकपा माओवादीको चरित्र सर्वसत्ताबादतर्फ उन्मुख हुँदै गएको छ ।” सहमतिका लागि प्रधानमन्त्रीले सत्ता छोड्नुपर्ने जिकिर गर्दै उनले आफूलाई ठूलोदल भन्ने एमाओवादी बढी जिम्मेवार हुनुपर्ने टिप्पणी गरे ।
लोकतान्त्रिक व्यवस्थामा कसैको पनि सर्वसत्तावाद टिक्न नसक्ने भन्दै कोइरालाले थपे, “इतिहास साक्षी छ, कांग्रेस कहिल्यै पनि कुनै पनि सर्वसत्तावादको अघि झुकेन र एमाओवादीको सर्वसत्तावाद चरित्रको अगाडी पनि झुक्दैन ।”
आफ्नो दल संविधानसभा पुनःस्थापनाको पक्षमा नभएको प्रष्ट पार्दै कोइरालाले प्रजातान्त्रिक मूल्य र मान्यताको सम्मान गर्दै ताजा जनादेशमा जानु नै उत्तम हुने बताए ।
उनले जनतालाई नै सर्वोपरी सम्झेर राजनीतिक सिद्धान्तमा अडिग रहने दललाई कसैले पनि परास्त गर्न नसक्ने ठोकुवा गरे ।
