समाचारबिहीबार, पौष ३, २०७१

सेभेन समिट महिला टोलीलाई रु.५० लाख

हिमालखबर

सेभेन समिट महिला टोलीलाई रु.५० लाख विश्वका ६ महादेशका अग्ला शिखर आरोहण गरिसकेको नेपाली महिलाको सात सदस्यीय टोलीलाई सरकारले रु.५० लाख दिने भएको छ । ३ पुसमा बसेको मन्त्रिपरिषद बैठकले अन्टार्टिकाको माउन्ट भिन्सन मस्सिफ चढ्ने तयारी गरेको उक्त टोलीलाई रु.५० लाख दिने निर्णय गरेको हो ।

सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले टोलीको एक जनालाई लाग्ने खर्च बराबरको रकम दिने निर्णय भएको जानकारी दिए । टोलीले एक जनालाई लाग्ने खर्च बराबरको रकम मात्र सरकारसँग माग गरेको थियो ।

पूजना आचार्य, शैली बस्नेत, माया गुरुङ, आशाकुमारी सिंह, निमाडोमा शेर्पा, पेमा डिकी शेर्पा र चुनु श्रेष्ठको आरोहण टोली यसै साता अन्टार्टिकाको माउन्ट भिन्सन मस्सिफ जाँदैछ । उक्त हिमाल आरोहणपछि सातै महादेशका अग्ला चुचुरामा पाइला टेक्ने विश्वकै पहिलो महिला टोली बन्नेछ ।

यो समावेशी टोलीले २००८ मा सगरमाथा, २०१० मा अष्ट्रेलियको कोसिअस्को र रुसको एलब्रस, २०१३ मा तान्जानियाको किलिमञ्जरो, २०१४ मा दक्षिण अमेरिकाको अकोन्कागुआ र अलस्काको डिनाली आरोहण गरेको थियो ।

सगरमाथा आरोहणका क्रममा भेट भएपछि सात महादेशका सात चुचुरा चढ्ने योजना बनाएका टोलीकी सदस्य शैली बस्नेत भन्छिन, “सगरमाथा चढेपछि हाम्रो आफ्नै सपना पूरा गर्न र अरुलाई पनि प्रेरणा होस् भनेर ‘सेभेन समिट’ योजना बनायौं ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>