समाचारबिहीबार, पौष ३, २०७१
५ रेक्टर स्केलको भूकम्प, देशभर धक्का महसुस (अपडेट)
३ पुस साँझ ९.१७ बजे भूकम्प गएको छ । काठमाडौबाट १२३ किलोमिटर पूर्वतर्फ केन्द्रविन्दु बनाएर ५ रेक्टर स्केलको भुकम्प गएको हो ।
सोलखुम्बुको नाम्चेबजारबाट २६ किलोमिटर उत्तरपश्चिम क्षेत्रमा भुकम्पको केन्द्रविन्दु रहेको अनुमान गरिएको छ । काठमाडौं लगायत देशभर भुकम्पको महसुस गरिएको थियो ।
भुकम्पले पुर्याएको क्षतिबारे अहिलेसम्म कुनै विवरण प्राप्त भएको छैन । भूकम्पबारे थप अध्ययन भइरहेको भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।
