समाचारशुक्रबार, पौष ४, २०७१

नोबेल विजेता सत्यार्थी नेपालमा, सभासदसँग छलफल गर्दै

हिमालखबर

नोबेल विजेता सत्यार्थी नेपालमा, सभासदसँग छलफल गर्दैनोबेल शान्ति पुरस्कार २०१४ का विजेता कैलाश सत्यार्थी नेपाल आएका छन् । बालबालिकाको दासताविरुद्ध र अधिकारका पक्षमा अभियान चलाउँदै आएका सत्यार्थी ४ पुसमा काठमाडौं आइपुगेका हुन् ।

काठमाडौं बसाइको क्रममा उनले विभिन्न कार्यक्रममा सहभागिता जनाउने छन् । उनले ४ पुस दिउँसो व्यवस्थापिका संसद अन्तर्गतको महिला बालबालिका समितिका सभासदहरुसँग छलफल गर्ने समितिकी सभापति रञ्जु झाले जानकारी दिइन् ।

झाका अनुसार उनीसँग बालबालिका अधिकार लगायतको विषयमा छलफल हुनेछ । उनले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङसँग पनि भेट्ने छन् ।

उनले राष्ट्रपति रामबरण यादवसहित विभिन्न नेताहरुसँग भेट्ने कार्यक्रम छन् । तीन दिने भ्रमणका लागि नेपाल आएका उनी बागमती सफाइ अभियानमा पनि सहभागि हुने छन् ।

सत्यार्थीले सन् १९८० देखि ‘बचपन बचाओ’ अभियान चलाउँदै आएका छन् । उनी र पाकिस्तानकी शैक्षिक जागरणकी अभियन्ता मलाला युसाफजाईलाई यो वर्षको नोबेल पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>