समाचारशुक्रबार, पौष ४, २०७१
सतलोक आश्रम पुगेका २२ नेपाली कारागारमा
गत २८ कात्तिकदेखि २ मंसीरसम्म बाबा रामपालको सतलोक आश्रममा भएको प्रहरी कारबाहीपछि त्यहाँ पुगेका २२ नेपालीको अवस्था अज्ञात थियो । उनीहरु सबै रामपालका भक्त थिए र आध्यात्मिक भनिएको सम्मेलनमा सहभागी हुन त्यहाँ पुगेका थिए । हत्या आरोप लागेका रामपाललाई पक्राउ गर्न त्यसैबेला प्रहरीले ३ दिनसम्म कार्वाही चलाएको थियो ।
पीडित परिवारका निर्गुणकुमार महतोले आफ्नो भाइ गणेश महतोको खोजतलासका क्रममा सो कारागारमा भेट्न पाएका छन् ।
उनका अनुसार कारागारका प्रमुखलाई आफ्नो भाइको सन्दर्भमा बुझ्न खोज्दा भाइको अनुसन्धान भइरहेको र अदालतको निर्णय आएपछि मात्रै केही भन्न सकिने अवस्था रहेको जानकारी दिइएको छ ।
उनले आफ्नो भाइलगायत अन्यलाई पनि कारागारमा बन्दीसरह राखिएको सम्भावनातर्फ भारतको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासको पदाधिकारीलाई ध्यानाकर्षण गराउँदा कुनै पहल नगरिएको बताउँदै आफ्नो भाइलगायत अन्य नेपालीको रिहाइ र जीवन रक्षाका लागि अनुरोध गरेका छन् ।
सो आश्रममा गएका सिरहाका ६ जना, धनुषाका ४, रौतहतटका २ जना, महोत्तरीका १ जना, काठमाडाँैका २ जना, सुन्सरीका २ जना, मोरङका १ जना, कन्चनपुरका १ जना, भक्तपुरका १ जना र बर्दियाका १ जना हराइरहका छन् ।
यो पनि सतलोक आश्रम पुगेका २२ नेपालीको अवस्था अज्ञात
