समाचारशनिबार, आश्विन २७, २०६९
प्रधानमन्त्रीले आज महोत्तरीमा रात बिताउने
प्रधानमन्त्री भट्टराईको स्वागतका लागि सामग्री जुटाउन यतिबेला पूरै मुसहरलाई भ्याइनभ्याई भएको छ । मुसा मार्ने, खेत खन्ने, वस्तुभाउ पाल्ने तथा रोजगारीका लागि भारतमा जाने काममा सीमित रहेका मुसहरले प्रधानमन्त्रीसँग स्वास्थ्य, शिक्षा, खानेपानी र बिजुली बत्तीको आपूर्तिको माग राख्ने बताएका छन् ।
२७ असोज दिउँसो तीन बजे हेलिकप्टरबाट धनुषाको सदरमुकाम जनकपुरधाम हुँदै प्रधानमन्त्री भट्टराई महोत्तरीतर्फ जाने कार्यक्रम छ ।
यसैबीच महोत्तरीको बथनाहा गाविसको मुसलमान बस्तीमा २६ असोज राति डकैती भएको छ ।
भारतको सीमानासँग जोडिएको बथनाहा गाविस– ६ मधवास्थित मुसलमान बस्तीमा राति ११ बजे भारततर्फबाट आएका डाँकाहरुले ईसा अन्सारीको घरबाट ५० हजार नगद, सुन, चाँदी, मोबाइल, घडी, लत्ताकपडा र अन्य घरायसी सरसामान लुटेर लगेको स्थानीयले बताएका छन् ।
