समाचारशुक्रबार, पौष ४, २०७१

मुद्दाको पेसी, म्याद तामेली र अवस्था अब नौ पुनरावेदन अदालतबाट

हिमालखबर

smsसर्वाेच्च अदालतमा दर्ता भएका मुद्दाहरुको पेसी, म्याद तामेली र अवस्था अब पुनरावेदन र जिल्ला अदालतबाट पनि जानकारी पाउनसकिने भएको छ ।

पहिलो चरणमा नौ पुनरावेदन र ३१ जिल्लाका जिल्ला अदालतबाट एसएमएस/अनलाइन सेवामार्फत सेवाग्राहीले जानकारी पाउने भएका हुन् ।

यस्तो सेवा प्रदान गरिने पुनरावेदन अदालतमा पोखरा, पाटन, जनकपुर, राजविराज, विराटनगर, नेपालगन्ज, महेन्द्रनगर, बुटवल र ती अदालतअन्तर्गतका तीन जिल्ला रहने छन् ।

यो सेवा शुरु भएसँगै पुनरावेदन अदालत पोखराको कार्यक्षेत्र पर्ने कास्की, स्याङ्जा र तनहुँ जिल्लाबाट मुद्दाहरुको पेसी, म्याद तामेली र अवस्था जानकारी पाउन सकिने छ ।

अबको एक महिनापछि भने देशभर बाँकी पुनरावेदन र जिल्ला अदालतबाट पनि यो सेवा पाइने सर्वाेच्च अदालतका उप–रजिस्ट्रार केदारनाथ पौडेलले जानकारी दिए ।

यो सेवाबाट सर्वाेचमा परेको मुद्दाको विषयमा पछिल्लो समय भइरहेको प्रगति वितरण सेवाग्राहीले एसएमएस÷अनलाइनबाट पाउनेछन् ।

आमनागरिकलाई मुद्दाको रजिस्ट्रेसन, तारिखको मिति, अवस्था र आदेशलगायतका विषयमा छिटोछरितो जानकारी दिनेभन्दै सर्वाेच्च अदालतले १ पुसेदेखि नै सेवा सञ्चालन गरेको जनाएको छ ।

यसैबीच, एसएमएस अनलाइन तारिख तथा म्याद तामेली सफ्टवयरसम्बन्धी दुईदिने तालिम पोखरामा शुक्रबारदेखि सुरु भएको छ ।

सर्वाेच्च अदालतले नयाँ सेवाका बारेमा कर्मचारीलाई जानकारी दिन आयोजना गरेको तालिममा कास्की, स्याङ्जा र तनहुँका २४ जना स्रेस्तेदार कर्मचारीको सहभागिता रहेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>