समाचारशुक्रबार, पौष ४, २०७१

‘सामाजिक सुधारका लागि उपदेश होइन काम गरौं’

हिमालखबर

kailashनोबेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थीले बालअधिकारका लागि विश्व संसदीय मञ्च गठन गरिनुपर्ने बताएका छन् ।

नेपाल भ्रमणमा रहेका सत्यार्थीको स्वागतमा संविधानसभा भवनमा व्यवस्थापिका–संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिद्वारा आयोजित कार्यक्रममा मन्तव्य दिँदै उनले बालबालिकाको हित र समुन्नतिमा हरेक मुलुकका संसद्, संविधान र सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।

उनले आफूले भारतका केही युवा सांसद्सँग विश्व संसदीय मञ्च गठनका लागि प्रस्ताव गर्दा सकारात्मक रुपमा लिइएको र नेपालका सांसद्सँग पनि कुरा राख्न भनिएकाले सो आग्रह गरेको बताए ।

सत्यार्थीले भने, “हामी दुई देशका सांसद् मिलेर त्यस्तो मञ्च गठनमा अघि बढौं, दक्षिण एशिया हुँदै विश्वलाई बालअधिकारका सवालमा अगुवाइ गरौं ।”

आफूले पाएको पुरस्कार समग्र बालबालिकाले पाएको पुरस्कार हो भन्दै उनले हरेक मानिसले आफूभित्रको गरिबी हटाउन पहल गर्नुपर्ने र त्यस्तो पहलका लागि बालबालिकालाई सवल बनाउनुपर्नेमा जोड दिए ।

उनले विश्वमा हतियारका लागि भइरहेको खर्चको धेरैं अंश मात्रै शिक्षा र स्वास्थ्यमा लगानी गर्न सकिए बालबालिकाको भविष्य सुनिश्चित गर्न र उनीहरूको आँखाबाट संसार हेर्न सकिने धारणा व्यक्त गरे ।

सामाजिक सुधारका लागि समस्या र उपदेश पस्कनेभन्दा उपचार दिने प्रक्रिया थालनी गर्न सांसद्हरूलाई अपिल गरे ।

उनले नयाँ संविधानमा बाल संरक्षणका लागि उपयुक्त व्यवस्था हुने विश्वास पनि व्यक्त गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>